कोभिड–१९ को संक्रमण लामो समय जाने डब्लुएचओको चेतावनी, संक्रमण दर बढ्यो

जेठ ०८, २०७७

विश्व स्वास्थ्य संंगठन (डब्लुएचओ) ले गत मंगलबार विश्वभर एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेको तथ्य सार्वजनिक गरेको छ ।

डब्लुएचओ महानिर्देशक डा. टेड्रोस अधनोम घब्रेयेससले मंगलबार मात्र एक लाख ६ हजार जना नयाँ संक्रमित फेला परेको बताएका छन् । तीमध्ये दुई तिहाइ संक्रमित चार देश अमेरिका, रुस, ब्राजिल र भारतमा भेटिएको उनले जानकारी दिएका छन् ।

यी देशमा संक्रमण फैलिने दर पनि बढेको छ । अमेरिकामा अहिलेसम्म अमेरिकामा करीब १५ लाख ९२ हजार, रुसमा तीन लाख नौ हजार र ब्राजिलमा दुई लाख ९३ हजार संक्रमित छन् ।

अहिले रुस र ब्राजिल विश्वमा बढी संक्रमित भेटिने दोस्रो र तेस्रो देश बनेका छन् । यी देशमा संक्रमण तीव्र गतिमा फैलिरहेको छ । अमेरिकामा त मृत्यु हुनेको संख्या नै ९५ हजार पुगिसकेको छ ।

यता भारतमा एक लाख १२ हजार संक्रमित छन् । यहाँ पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भारतले लामो दूरीका रेल खोलेपछि संक्रमण फैलने दर झनै बढेको हो । यसैबीच १ जुनदेखि थप २०० वटा रेल सञ्चालन हुँदैछन् । त्यसका लागि आज (२१ मे) १० बजेबाट टिकट बुकिङ खुल्दैछ ।

यसबाहेक न्युन र मध्यम आय भएका देशमा पनि संक्रमण फैलिरहेको महानिर्देशक अधनोमले उल्लेख गरेका छन् । विज्ञहरुले कतिपय देशमा कम संख्यामा गरिएको स्वाब परीक्षणका कारण संक्रमित कम देखिएको हुन सक्ने बताएका छन् । त्यस्ता देशमा परीस्थिति भयाभह हुनसक्ने पनि बताइएको छ ।

डा. अधनोमले संक्रमित बढिरहेकाले कोरोनाभाइरसको महामारी लामो समय जाने चेतावनी पनि दिएका छन् । विश्वभर कूल संक्रमितको संख्या ५० लाख नाघेकै दिन उनले यस्तो चेतावनी दिएका हुन् ।

डब्लुएचओले कोरोनाभाइरससँग जोगिने उपाय बन्दाबन्दी र धेरैभन्दा धेरै परीक्षण नै रहेको जनाएको छ । तर, अमेरिका लगायत युरोपियन देशहरु र भारतमा बन्दाबन्दी खुकुलो बनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस