प्रतिष्ठानमा अब काेराेना संक्रमितकाे पनि उपचार गरिने

जेठ ०६, २०७७

जेठ, ६ । कोरोना संक्रमितकाे चाप बढ्दै गएपछि अब घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचार गरिने भएको छ ।

कोरोना भाइरसको नमूना जाँच गर्दै आएको प्रतिष्ठानले अब  काेराेनाका संक्रमित पुष्टि भए प्रतिष्ठानमै राखेर उपचार गर्ने तयारी गरेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार प्रतिष्ठानले मंगलबारदेखि अस्पतालको बहिरङ्ग तथा अन्तरङ्ग सेवा बन्द गरेर कोरोना संक्रमितहरुलाई प्रतिष्ठानमै राखेर उपचार गर्ने भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेका सम्पूर्ण अस्पतालहरुलाई मन्त्रालयमा पेश गरे अनुसारको आइसोलेशन बेड र जनशक्ति तयारी अवस्थामा राख्नसमेत प्रतिष्ठानले आग्रह गरेको छ ।

प्रतिष्ठानले अन्य बिरामीहरुलाई तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललगायत अन्य अस्पतालहरुमा गएर सेवा लिन अपिल गरेको छ । पछिल्ला दिनमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि उनीहरूकाे उपचारमा विशेष सेवा दिनु पर्ने हुँदा याे व्यवस्था लागु गरिएकाे प्रतिष्ठानले जनाएकाे छ । प्रतिष्ठानमा रहेकाे काेराेना जाँच प्रयाेगशालामा अहिले दाङसहित प्रदेश ५ का विभिन्न जिल्लाबाट काेराेना भए नभएकाे जाँचका लागि स्वाबकाे नमूना आउने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस