अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौः नगरप्रमुख पाण्डे

जेठ ०५, २०७७

 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले अत्यावश्यक काममा मात्रै संयमता र सुरक्षा अपनाएर घर बाहिर निस्कन अनुरोध गरेका छन् । नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण तिव्र गतिमा वढिरहेको उल्लेख गर्दै उनले लकडाउनको पालना नै कोरोनाबाट वच्ने एक मात्र विकल्प भएको उल्लेख गरेका छन् ।

लकडाउनको उल्लंघन हुँदै गएको प्रति दुख व्यक्त गर्दै सबैलाई सचेत हुनका लागि उनले अनुरोध गरेका छन् ।  विज्ञप्ती जारी गर्दै नगरप्रमुख पाण्डेले अनावश्यक भिडभाड नगर्न र कसैले भिडभाड गरेको पाइए प्रहरीलाई तत्काल सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । “ गाउँटोलमा जथाभावि भिड र आवतजावत भए प्रहरीलाई १०० मा फोन गरेर जानकारी गराउँनुहोला” विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोनाबाट जोगिनका लागि जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गर्दै उच्च मनोवल र सकारात्मक सोच राख्न सबैलाई सुझाव समेत दिएका छन् । भारत लगायत अन्य देशबाट आउने मान्छेलाई राख्नका लागि वडा तहमा पनि क्वारेन्टाइन निर्माणको काम अगाडि वढेको उल्लेख गर्दै विभिन्न ठाउँबाट आएका या शंकास्पद व्यक्तिका वारेमा तत्काल सूचना दिएर सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।

नेपालको सीमामा भारत लगायतका विभिन्न देशबाट आएका तुलसीपुरका नागरिकलाई सहयोगका लागि पहल गरिरहेका उल्लेख गर्दै ९८५७८२९१११ र ९८५७८२१०४७ मा सम्पर्क गर्न आव्ह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस