क्वारेन्टाइनमा बच्चा जन्माएकी महिला स्वस्थ भएर घर गइन्

जेठ ०४, २०७७

तुलसीपुर । क्वारेन्टाइनमा वस्दा वच्चा जन्माएकी तुलसीपुर उपमहानगरपालिका १३ की अनिता यादव ८ दिनको उपचार पछि घर फर्किएकी छिन् ।

राप्ती प्रादेशिक अस्पतालमा अनिताले जुम्ल्याहा वच्चा जन्माएकी थिइन् । २ दिनसम्म भारतबाट हिडेर आएकी अनिताको स्वास्थ्य वच्चा जन्माउँदा निकै कमजोर थियो । ‘वच्चाको तौल समेत निकै कम थियो ’

आर्थिक अवस्था कम भएकी अनिता र उनको वच्चाको उपचारको जिम्मा तुलसीपुरमा रहेको तुलसी अस्पतालले लिएको थियो । ‘आमा र वच्चा दुवैलाई हामीले अस्पतालकै तर्फबाट उपचार ग¥यौ’ डा. किशोर खत्रीले जानकारी दिए । उनले वच्चालाई भेन्टिलेटर र एनआइसियुमा राखेर उपचार गरेका थिए । ‘वच्चाहरुको तौल पहिले भन्दा ३ सय ग्राम वढेको छ ’ डा. खत्रीले वताए ।

अस्पताल बाहेक अन्य सम्पूर्ण खर्च तुलसीपुर उपमहानगरपालिकाले व्यहोरेको थियो । अनितालाई राहत समेत दिएर उपमहानगरपालिकाले घरसम्म पु¥याएको थियो । स्थानीय समाजसेवी मोहन पौडलले उनीहरुको अन्य सहयोगको जिम्मवारी लिएका छन् । ‘आवश्यक सहयोगका लागि मैले सबै पहल गर्नेछु’ उनले भने ।

यसअघि २ छोरा र २ छोरी भइसकेका अनिताका श्रीमान लेबर काम गर्ने गर्दछन् । आमा र बच्चाको यसअघि पिसिआर समेत भइसकेको र रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस