महसुलमा छुट दिएपनि विद्युतमा भिड

जेठ ०४, २०७७

तुलसीपुर । नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखामा लकडाउनको समयमा पनि महसुल बुझाउनेको उस्तै भिड रहेको छ । प्राधिकरणले लकडाउन भन्दा पहिले नै फागुन महिनादेखिको महसुल नवुझाएकालाई जरिवाना नलाग्ने घोषणा गरेको भएपनि विद्युत प्राधिकरण तुलसीपुरमा महसुल वुझाउनेको बाक्लो भिड लागेको छ ।

‘दैनिक २ हजारले महसुल वुझाउने गरेका छन् ’ शाखा अधिकृत जगन्नाथ लामिछानेले वताए ।

सरकारले फागुनबाट महसुल वुझाउनेलाई छुट दिने घोषणा गरेको भएपनि त्यो भन्दा अगाडिबाटै पैसा नतिरेकाहरुले पनि छुट पाइने सोचेर भिडभाड हुने गरेको अधिकृत लामिछानेले जानकारी दिए । ‘पुस माघ महिनाको अहिले तिरे पनि पछि तिरेपनि पैसा लाग्छ ’ उनले वताए ।

सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेकाले त्यतिबेला सम्म छुट दिइएको र लकडाउन वढेपछि समय पनि वढाउने तयारीमा प्राधिकरण रहेको छ ।

उनले अनलाइन पेमेन्टबाट पनि तिर्न सकिने भएकाले सम्भव हुनेले त्यसबाट पनि तिर्न सकिने जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका भित्रमा विद्युतका ४२ हजार ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस