‘कोरोनाबाट जाेगिदै विकासकाे काममा ’

जेठ ०४, २०७७

तुलसीपुर, ३ जेठ ।
कोरोना भाइरसको त्रासले मुलुकले लकडाउन खेपिरहेको छ । अत्यावश्यक काम बाहेक नागरिक घरबाहिर ननिस्किरहेको समयमा यहाँका एक वडा अध्यक्षलाई भने विकास निर्माणकाे चिन्ताले पिरोलिरहेको छ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष सहितका जनप्रतिनिधिलाइ  कोरोना नियन्त्रण संगै यतिबेला विकास निमार्णको कामलाई कसरी गति दिने भन्ने पिरलो छ ।

चालु आर्थिक बर्ष सकिन दुई महिना बाँकी हुँदा यस बर्षका विकास निमार्णका योजना कसरी सम्पन्न गर्ने भन्नेमा उनीहरु लागिरहेका छन् । निर्वाचनको समयमा जनताका बीचमा गरिएका प्रतिवद्धता र वडावासीले माग गरेका योजनाहरुलाई कसरी सम्पन्न गर्ने भन्नेमा आफ्नो पूरै टीम लागिरहेको वडा अध्यक्ष लामिछानेले बताए ।

‘हामी कोरोना विरुद्धको लडाइमा छौं, पहिले बाँच्नु पर्याे भन्ने नै हो । तर यो लकडाउनमा पनि सामाजिक दुरी कायम राख्दै विभिन्न स्थानमा विकास निमार्णका काम जारी राखिएको छ,’ उनले भने । वडा नं. ६ मा चालु आर्थिक बर्षका अधिकाशं योजना सम्पन्न भएका छन् । वडा नं. ६ का पूर्वाधारतर्फका ९० प्रतिशत योजना सम्पन्न भएको लामिछानेले बताए ।

कोरोनाका कारण उत्पन्न परिस्थितिले गर्दा आउन सक्ने खाध्य संकटलाई कम गर्न के गर्न सकिन्छ भन्ने बिषयमा उनले कृषकहरुसंग छलफल गरेका हुन् ।

बाँकी योजनामध्ये मोतीपुर–बनकट्टा जोड्ने गरी सखी सोतामा कल्भट्ट निमार्णको काम पनि अन्तिम चरणमा पुगेको वडा सदस्य दुजमान भण्डारी बर्षातले जानकारी दिए । वडा स्तरका योजना सम्पन्न भएपनि नगरको विकास प्राधिकरण अन्तर्गतकाे ३ किलोमिटर कालोपत्रेको काम भने ४० प्रतिशत मात्रै पुरा भएको छ । बाँकी ६० प्रतिशत मध्य ग्रावेल गरिएको सडकमा बेस हालेर दवाउने गरी काम अगाडी बढाइने अध्यक्ष लामिछानेले बताए ।

चालु आर्थिक बर्षका पूर्वाधार तर्फका योजना सम्पन्न संगै वडा नं. ६ यतिबेला आगामी बर्षकालागि योजनाको खोजीमा जुटेको छ । सोही क्रममा वडा समितिले लकडाउनका बीच पनि विभिन्न गाउँहरुमा पुगेर सरोकारवाला बीच भेटघाट तथा अन्तरक्रिया गरिरहेको छ ।

सामाजिक दुरी कायम राख्दै मोातीपुर, गाईडहर, गोलौरा लगायतका पाँच वटा कलस्टरमा ३ देखि ४ गाउँका अगुवाहरुलाई जम्मा गरी कोरोना नियन्त्रण सहित आगामी बर्षको नीति कार्यक्रममा समावेश गर्नुपर्ने बिषयमा सुझाव संकलन गरिएको वडा सचिव पुष्पलता घर्तीले जानकारी दिइन् ।

यसैबीच वडा अध्यक्ष लामिछानेले शनिबार विहान वडा नं. ६ कै कृषि पकेट क्षेत्र उत्तर कपडादेवीका अगुवा कृषकहरुसंग छलफल गरेका छन् । कोरोनाका कारण उत्पन्न परिस्थितिले गर्दा आउन सक्ने खाध्य संकटलाई कम गर्न के गर्न सकिन्छ भन्ने बिषयमा उनले कृषकहरुसंग छलफल गरेका हुन् । लामिछाने वडा सदस्य बर्षात भण्डारी, जलश्रोत तथा सिंचाई विकास कार्यालय दाङका प्रमुख गणेश मरासिनी, इन्जिनियर आशिष विक सहित कृषकको खेतमा पुगेका थिए ।

उनले सो क्रममा व्यवसायीक तरकारी खेती हुँदै आएको कपडादेवीको खेत सिंचाई गर्ने ढौंठिन्या कुलोलाई पक्की गर्नकालागि आफूले पहल गर्ने बताए । सम्भव भएसम्म यसै आर्थिक बर्षमा सो कुलोको दुई सय ५० मिटर लम्वाई पक्की गर्ने गरी काम गरिने प्रतिबद्धता ब्यक्त गरे । सो क्रममा त्यहाँका कृषकहरुले मुहानमा पानी ठूलो भएपनि कुलो पक्की नहुँदा तरकारी खेतीमा सिंचाई गर्न कठिन हुने गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस