कोरोना संक्रमित अस्पतालमा १३ को उपचार हुँदै

जेठ ०३, २०७७

 

दाङ, जेठ ३ । काेरोना विशेष अस्पताल बेलझुण्डीमा १३ जना बिरामी भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका दाङको गढवाका २ जना, बाँकेको नरैनापुरका ८ जना र कपिलवस्तुका ३ जना गरी १३ जना बिरामी भर्ना भएको कोरोना विशेष अस्पतालका प्रमुख डा. सर्वेश शर्माले जानकारी दिए ।

अस्पतालमा भर्ना भएका सबै बिरामीको अवस्था सामान्य रहेको डा. शर्माले जानकारी दिए ।

‘बाँकेबाट आएका ८ जना, कपिलवस्तुबाट आएका ३ जना र दाङको गढवाका २ जना कोरोना सङ्क्रमितको उपचार गरिरहेका छौं । सबै बिरामीको अवस्था सामान्य रहेको छ’, डा. शर्माले भने ‘अस्पतालमा बिरामीको चाप बढ्न सक्ने पूर्वानुमान अनुरुप हामीहरु तयारी अवस्थामा रहेका छौं । अस्पतालमा १ सय संक्रमितको उपचार गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस