एम्बुलेन्स चालक पनि क्वारेन्टाइनमा

जेठ ०३, २०७७

घोराही, ३ जेठः  शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा दाङको गढवा गाउँपालिकाका दुई जना पुरुषमा कोरोना पुष्टी भयो । उनीहरुलाई कोरोना पुष्टी भए लगत्तै उनीहरुलाई बोक्ने दुई जना एम्बुलेन्स चालकलाई पनि आजबाट गढवा गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ ।


कोरोना पृष्टी भएका दुई पुरुषहरु भारतको गोरखपुर र मुम्बईबाट कृष्णनगरको क्वारेन्टाइनमा आएर बसेका थिए । उनीहरुलाई पालिकाको सिफारिसमा कृष्णनगरबाट एम्बुलेन्समा गढवाको क्वारेन्टाइन ल्याइएको थियो । पालिका अध्यक्ष सहजराम यादवका अनुसार कृष्णनगरबाट गढवा र गढवाबाट लमही अस्पतालसम्म बोकेर लैजाने दुवै एम्बुलेन्स चालकलाई कोरोना संक्रमणको आशकामा क्वारेन्टाइनमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस