अस्पष्ट विज्ञप्तीले तुलसीपुरबासीमा निम्त्याएको त्रास

जेठ ०३, २०७७

शुक्रबार साँझ करिब ८.२० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ताले विभिन्न ठाउँमा कोरोना संक्रमित भेटिएको भन्ने विज्ञप्ती सम्प्रेषण गरे । कुनै पनि संक्रमित नदेखिएकाले सुरक्षित मानिएको दाङ्ग जिल्लामा पनि ३ जना कोरोना संक्रमित देखिएको उक्त विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का एक व्यक्तिमा पनि कोरोना संक्रमित भएको उल्लेख छ ।

तुलसीपुर कै कोरोना संक्रमित भनेर सूचना सार्वजनिक भएपछि यस क्षेत्रमा एकाएक ठूलो खैलावैला भयो । सोही वडामा बस्ने बासिन्दा समेत भएका कारणले गर्दा विभिन्न ठाउँबाट मलाई सूचनाका लागि आग्रह गरियो । तर विज्ञप्तीकै आधारमा सबै कुराको जानकारी दिन सम्भव भएन ।

मन्त्रालयबाट विज्ञप्ती जारी भएपछि त्यसको आधिकारीकता माथि प्रश्न गर्ने कुरै भएन । अघिल्लो दिन ७ नम्बर वडाबाट नै पिसिआर टेस्टका लागि स्वाब संकलन गरिएकाले हामी सबैको आशंका त्यतै थियो । तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वुझ्दा त्यसो नभएको भन्ने सुन्नमा आएपछि थप अन्यौलता बढिरह्यो ।

टिचिङ्ग अस्पतालले कर्मचारी नभएको र उमेर पनि ४६ वर्षको भएको भन्ने सूचना जारी गर्यो । मन्त्रालयले जारी गरेको उमेर भने ३४ वर्ष छ । हामीले कसरी वुझ्ने यो कुरा ?

सामाजिक सञ्जालमा पनि त्रासको ग्राफ एकाएक बढिरहेको थियो । सबैमा को हो ? क्वारेन्टाइनमा बसेको हो या बाहिर हिडेको ? यावत प्रश्नहरुले त्रास थपिरहेको थियो । गढवामा देखिएका २ जना क्वारेन्टाइनमा रहेका पुष्टि भइसकेको थियो तर विडम्वना यहाँको बारेमा भने अन्यौलता कायमै थियो र अहिले पनि छ । यसैबिचमा संक्रमित व्यक्ति काठमाडौ टिचिङ्ग हस्पिटलमा कार्यरत रहेको भन्ने सूचना प्राप्त भयो । सोही सूचनालाई आधार मानेर सबैतिर सम्प्रेषण गरेपछि खुसी भएका केयौ स्टाटसहरु सामाजिक सञ्जालमा असरल्ल छरिए ।

तर फेरी टिचिङ्ग अस्पतालले कर्मचारी नभएको र उमेर पनि ४६ वर्षको भएको भन्ने सूचना जारी गर्यो । मन्त्रालयले जारी गरेको उमेर भने ३४ वर्ष छ । हामीले कसरी वुझ्ने यो कुरा ?

शनिवार मध्यान्ह जारी भएको यो सूचनाले फेरी यस क्षेत्रका जनतामा त्रास व्याप्त रहेको छ । त्यो मान्छे तुलसीपुरको भएपनि तत्काल ऊ यहाँ आएको हो या होइन ? त्यसको ट्राभल हिस्ट्रि के हो ? यो बारेमा यहाँका जनतामा अन्यौलतमा अझै उस्तै छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका कर्मचारी टोलटोलमा पुगेका छन् ।

अघिल्लो दिन मकवानपुरमा पनि यस्तै घटना सार्वजनिक हुँदा दिनभर हेटौडा वजार सन्त्रासपूर्ण देखियो । पछि काठमाडौ मै बस्न थालेको लामो समय भनेपछि त्यहाँका जनताले लामो सास फेरे ।

जिम्मेवार निकायले प्रभावकारी ढँगले काम नगर्दा जनताको मानसिकतामा समेत यसले गम्भिर असर पारेको छ । अहिले वडा नम्वर ७ का जनताहरु मानसिक रुपमा निकै सन्त्रासपूर्ण देखिन्छन् । यसको जवाफ दिने निकाय कुन हो ? त्यसले किन यतिधेरै आवाज उठ्दा पनि मौनता साँधेको छ ? प्रश्नका केयौ तातीहरु छन् । काेराेनाकाे सूचना याे बेलामा मान्छेकाे जीवनसँग जाेडिएकाे हुन्छ । समयमै संक्रमितकाे जानकारी लिनु अत्यावश्यक मानिन्छ ।

मन्त्रालयले किन यस्तो अपरिपक्व विज्ञप्ती जारी गर्छ ? अहिलेको सन्दर्भमा कोरोना संक्रमणको रिपोर्ट जारी गर्दा स्थायी ठेगाना किन आवश्यक छ ? व्यक्ति कहाँ जन्मेको हो भन्दा पनि पछिल्लो समय ऊ कहाँ छ भन्ने कुराले बढि महत्व राख्ने गर्दछ । तर मन्त्रालयले त्यसको कुनै पनि हेक्का नराखेर मानिसहरुका त्रास फैलाएको देखिन्छ ।

लामो समयदेखि काठमाडौमा बस्ने व्यक्तिमा कोरोनाको संक्रमण देखियो भने किन त्यसको रिपोर्ट सार्वजनिक गर्दा स्थायी ठेगाना भनिन्छ ? यसले स्थानीय जनताका कस्तो नकारात्मक प्रभाव पार्दछ भन्ने वारेमा स्वास्थ्य मन्त्रालय बेखबर हुन मिल्दैन । अघिल्लो दिन मकवानपुरमा पनि यस्तै घटना सार्वजनिक हुँदा दिनभर हेटौडा वजार सन्त्रासपूर्ण देखियो । पछि काठमाडौ मै बस्न थालेको लामो समय भनेपछि त्यहाँका जनताले लामो सास फेरे ।

व्यक्तिको संख्या गनेर मात्रै विज्ञप्ती जारी गर्नुभन्दा वास्तविक कुरा पनि उल्लेख गर्न सकियो भने त्यसले जनतालाई समयमै सजग वनाउँछ । मन्त्रालयले सन्त्रास भर्ने होइन सजगता अपनाउने खालको कदम चाल्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस