एम्बुलेन्सबाट आएका थिए गढवाका संक्रमित

जेठ ०२, २०७७

दाङ-दाङमा कोरोना संक्रमणको पुष्टि भएका व्यक्ति गढवा उद्योग बाणिज्य संघको एम्बुलेन्स चढेर दाङ आएको र अहिले गढवास्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका छन्।

तीन दिन अघि कृष्णनगरको एक विद्यालयको क्वारेन्टाइनमा बसेका उनीहरुलाइ गढवा गाउँपालिका वडा नम्बर ३ को सिफारिसको आधारमा गढवा ल्याइएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल जचार्यले बताए।`दुई जना लिन जाने भनेर सिफारिस बन्याे । लिन गएको बेलामा पाँच जना प्रहरीले चढाए।

१ जना कालाकाटे सशस्त्र प्रहरीको क्याम्पमा झरे। अरु चार जना सबै गढवा क्वारेन्टाइनमा आए´उनले बताए-`अहिले परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको थाहा भयो ।´

भारतको मुम्बई र गोरखपुरबाट काम गरेर फर्किएका ती युवक कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । त्यहाँ कोरोना परिक्षण नगरेर उनीहरु गढवा क्वारेन्टाइनमा आएका थिए ।

तीन दिन अघि एम्बुलेन्स मार्फत उनीहरु यहाँ आएका थिए । बिहीबार लमही ल्याएर उनिहरुको स्वाव संकलन गरेर प्रतिष्ठानमा लगिएको थियो।

प्रतिष्ठानमा पोजेटिभ देखिएपछि थप परिक्षणका लागि नेपालगन्ज लगिएको थियो। दाङको गढवामा २ र तुलसीपुरमा एक गरि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस