तुलसीपुरमा पनि देखियो कोरोना ,२६७ पुगे संक्रमित

जेठ ०२, २०७७

 काठमाडौं-   तुलसीपुरमा पनि कोरोना संक्रमित देखिएका छन् ।तुलसीपुर उपमहानगरपालिका ७ निवासी ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

दाङमा यो सहित ३ जनाको कोरोना संक्रमण देखिएको छ । अन्य २ गढवा गाउँपालिकाका रहेका छन् ।  जिल्लामा ३ सहित थप ९ जनामा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा ३ जना, पर्सामा ४ जना, उदयपुरमा एक, काठमाडौंमा १  जनामा कोरोना देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ।

उनीहरू सबै जना अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस