दिवंगत काँग्रेस नेता बस्नेतको कालाखोलामा आजै अन्तिम संस्कार हुने

जेठ ०२, २०७७

तुलसीपुर । शुक्रवार विहान काठमाडौमा दिवंगत भएका नेपाली काँग्रेसका पाका नेता तेजवहादुर वस्नेतको आजै कालाखोला रानीघाटमा अन्तिम संस्कार हुने भएको छ ।


काठमाडौबाट ६ वजेसम्म उनको पार्थिक शरीर तुलसीपुर आइपुग्ने र घरमा श्रद्धाञ्जली दिएपछि ७ वजे अन्तिम संस्कार हुने छोरा दिप वस्नेतले जानकारी दिए ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका वस्नेत काँग्रेसमा निकै कम अवसर पाउँने नेताका रुपमा पर्दछन् । लामो समयदेखि मृगौलाको रोगले पिडित उनको उपचार कै क्रममा काठमाडौमा शुक्रवार विहान निधन भएको थियो ।

नेता वस्नेतको निधनले दाङ्ग काँग्रेसले अभिभावक गुमाएको महसुस गरेको नेताहरुले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस