प्रादेशिक अस्पतालको अध्यक्षमा न्यौपाने

जेठ ०२, २०७७

 

तुलसीपुर । राप्ती प्रादेशिक अस्पतालको अध्यक्षमा पदमप्रसाद न्यौपानेलाई नियुक्त गरिएको छ ।

प्रदेश नम्बर ५ सरकारको मन्त्रीपरिषद् बैठकले उनलाई ३ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । प्रादेशिक अस्पतालको अध्यक्ष बन्नका लागि नेपाल सरकारको सेवा निवृत्त कर्मचारी हुनुपर्ने प्रावधान गरिएको छ ।

न्यौपानेले अमर मावि उरहरीको प्रधानाध्यापक थिए । उनले तिन दिन अघि मात्रै प्रधानाध्यापकबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस