थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमित संख्या २५८ पुग्‍यो

जेठ ०२, २०७७

थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ९ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेहरूमा ८ जना बाँकेका र एक जना मकवानपुरका ३७ वर्षिय पुरुष रहेका छन्।

बाँकेका ८ संक्रमितहरू त्यहाँको नरैनापुर वडा नम्बर १, ३ र ५ का वासिन्दा हुन्। संक्रमितहरूको उमेर १८ देखि ३६ वर्षसम्म रहेको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस