काँग्रेसका नेता तेजबहादुर बस्नेतको निधन

जेठ ०२, २०७७

 

तुलसीपुर । नेपाली काँग्रेसका पुराना नेता तेजबहादुर बस्नेतको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पिडित वस्नेतको ६६ वर्षको उमेरका काठमाडाैमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

मृगौला रोगले पिडित वस्नेत नियमित डायलासिस गर्ने भएपछि काठमाडौमा बस्दै आएका थिए । उनको शुक्रवार विहान ७ वजे निधन भएको छोरा दिप वस्नेतले जानकारी दिए ।

२०११ सालमा जन्मिएका  वस्नेत विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका थिए । राजनीति गर्ने क्रममा उनी लामो समय जेल र हिरासतमा समेत परेका थिए । काँग्रेस वृत्तमा त्यागी नेताका रुपमा चिनिने वस्नेत काँग्रेसको महासमिती सदस्य र क्षेत्रिय सभापति समेत भएका थिए । उनी हेटौडा सिमेन्ट कारखानाको बाेर्ड सदस्य लगायत  विभिन्न  निकायमा रहेर काम गरेका थिए ।

उनको आजै सितलपुरमा दाँहसस्कार गरिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस