काठमाडौंका सात वर्षीय बालकसहित थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि

जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौं, धनुषा र धादिङमा गरी तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

संक्रमित हुनेमा काठमाडौंको दहचोक निवासी ७ वर्षीय बालक, धनुषा जनकपुरकी १७ वर्षीया किशोरी र धादिङकी ३० वर्षीया महिला रहेको सहप्रवक्ता डा. अधिकारीले बताए। उनका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४९ पुगेको छ।  संक्रमितमध्ये ३५ जना भने निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस