दाङमा माेटरसाइकल दुर्घटनामा परी १ काे मृत्यु

जेठ ०१, २०७७

जेठ, १ । दाङमा एकाबिहानै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तुलसीपुर–७ का ३१ वर्षका विशाल थापाको मृत्यु भएको छ ।

मोटरसाईकलमा सवार सोही ठाँउका १३ वर्षीय हिक्की पुन गम्भीर घाईते भएका छन् । घोराही तुलसीपुर सडकखण्डको नारायणपुर जलौरा चोकमा बिहिबार बिहान साे दुर्घटना भएको हो ।

पर्सेनीबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको हो । घाईते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । माेटरसाइकल तीव्र गतिमा कुदेकाे हुँदा अनियन्त्रित भइ उक्त दुर्घटना भएकाे हुन सक्ने दाङ प्रहरीले प्रारम्भिक जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस