गुडिरहेको वडाध्यक्षको बाइकमा आगो लाग्यो

जेठ ०१, २०७७

तुलसीपुर, ३१ बैशाख । दाङमा गुडिरहेको एक मोटरसाईकलमा आगलागी भएको छ । जिल्लाको दंगीशरण गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष दिपक गौतमले प्रयोग गदै आएको मोटरसाईकल वडा सचिव प्रेमप्रकाश चौधरीले चलाएको बेला एक्कासी आगलागी भएको  हो ।

रा १ ब ७२५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकलमा भ्याली पेट्रोल पम्प दोघरेबाट पेट्रोल हालेर वडा कार्यालय फर्कदै गर्दा वडा सचिवले चलाएको उक्त मोटरसाईकलमा एक्कासी आगलागी भएको वडा अध्यक्ष गौतमले जानकारी दिएका छन् ।
वडा सचिवका अनुसार पेट्रोल हालेर पम्पदेखी एक मिटर दुरी पर गईरहेको समयमा खुट्टामा बढि तापक्रम दिएको थाहा पाएर हेर्दा ईन्जिननेर आगो लागेको देखेपछि मोटरसाईकल बन्द गरेर आफु भागेका थिए ।
मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छ । पेट्रोल पम्प नजिकै आगलागी भएकाले समयमै दमकल र स्थानी यको सक्रियतामा आगो नियन्त्रणमा लिईएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस