किसानका पिडा ‘यसपाली घाँसको खेती नास भयो ’

बैशाख ३१, २०७७

रंजिता शर्मा 

घोराही बैशाख ३० ।
बैशाख महिना उखरमाउलो गर्मीमा पसिना पुछ्दै किसानले हिउँदे बाली भित्राउन तल्लिन हुने समय हो यो । चैत, बैशाख महिनामा गहुँ , मसुरो भित्राउन हतार रहने किसान भिजेको बाली देखेर चिन्तित छन् । घोराही उपमहानगरपालिका ६ का तीर्थराज आचार्य अविरल वर्षाले घासँ स्याहार्न नपाउँदा चिन्तित देखिन्छन् ।

घाँस पाकेर काट्नलाइ तयार छ । काटेको पनि पानीले भिजायो उनले भने ‘ पाकेको घाँस पानीले खेतमै कुहिने भयो । लकडाउनले गर्दा समयमा श्रमिक नपाएर काट्न सकिएन’ । किसानहरु पछिल्लो समयमा घाँसखेतीवाट राम्रो आम्दानी लिने गरेको र गतवर्ष पचास हजारको घाँस विक्री गरेको उनले वताए । ‘ यहाँका धेरै गाउँमा वरसिम घासँ खेती गरिएको छ । ’ उनले भने ।

घोराही ६ का श्रीधर अधिकारीकोे अवस्था पनि उस्तै छ । बैशाख महिनामा परेको पानीले सवैभन्दा धेरै बरसिम घाँसलाइ असर गरेको उनी वताउँछन् । यसपाली धेरै पानी परेर घाँस खेतमै ढलेको छ र लतको भाग कुहिएको छ । काट्नलाइ पानीले समेत मिलेको छैन । उनले भने ‘ किसानले गरेको मेहनत यसपाली पानीले गर्दा त्यसै खेर जाने अवस्था छ ।’

 


‘पोहोरसाल घाँस उत्पादन राम्रो भएको थियो , चौरासी हजारको घाँस विउ विक्री गरेको थिए’ अधिकारीले भने । घाँसको पकेट क्षेत्रको रुपमा घोराही उपमहानगरपालिका वडा न ६ गुरुवागाँउ,गुरगै, वेरुवागाँउ, जजरागाँउ, वेरगै, फचकपुर र अघरा गाँउमा किसानहरुले बरसीम घाँसखेती गरेका छन् ।

अहिले उक्त क्षेत्रमा रहेका १ सय ५० घर परिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँसको विउ उत्पादक संघका सचिब विमल अधिकारीले जानकारी दिए । हरियो र सुकेको बरसिम घाँस गाईवस्तुलाइ खुवाउन एकदमै राम्रो मानिन्छ ।

घोराही ६ का कृषकहरुले ८ कठ्ठा देखि साढे २ विगाहासम्म खेती गरेका छन् । जम्मा १०० हेक्टर जमिनमा वरसिम खेती गरेको अधिकारी वताउँछन् । अन्य वालीभन्दा धेरै फाइदा हुने भए पछि यसतर्फ किसानको आकर्षण वढेको हो । खेतमा पाकेर लटरम्म भएको घाँसखेती छ । काट्नलाइ ठिक्क परेको घाँस अविरल वर्षाले सम्पूर्ण किसानको मनै खिन्न भएको र घाँस कुहिन थालेको अधिकारी वताउछन् । पानीका कारण कतिपय किसानले घाँस काट्न पाएका छैनन । काटेको पनि स्याहारगर्न नपाउदा खेतमै कुहिने, झर्ने अवस्थामा छ ।

घाँसका लागि लगानी कम गर्नु पर्ने भएकाले हरेक वर्ष घाँसखेती गर्ने किसानको संख्या वढ्दै गएको थियो । शिवशक्ति घाँसको बीउ उत्पादक संघले किसानको घाँस जम्मा गरेर विक्री गर्दै आएको छ । व्यवसायिक रुपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो ।

घोराही उपमहानगरपालिका ६ मा २०५६ सालदेखि घाँस खेती सुरु गरेका हुन् । यसपाली किसानले घाँसको विउको २५ देखि ५० प्रतिशतसम्म उत्पादन घट्ने अधिकारी दावि गर्छन् । घाँसको पकेट क्षेत्रको रुपमा विकसित हुदै आएको सो क्षेत्रका सम्पूर्ण किसानहरुलाइ पानीका कारण चिन्तित हुनु परेको छ । अन्य जिल्लामा यसको विउँ उत्पादन नहुने भएकाले दाङवाट अन्य जिल्लाहरुमा माग अनुसार विउ पु¥याउने गरेको सचिव अधिकारीको वताउछन् ।

विउँका लागि दाङ उपयुक्त वातावरण भएको ठाउँको रुपमा रहेको उहाको दावी छ । कृषकले एक किलो घाँसको विऊ दुइ सय रुपैयामा विक्री गरेका छन् भने बीउ उत्पादक संघले सरकारले निर्धारण गरेको मूल्य अनुसार नै विक्री गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस