दाङमा पत्रकारहरुको स्वाब संकलन

बैशाख ३१, २०७७

दाङ,  ३१ बैशाख / दाङका पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब सङकलन गरिएको छ । नेपाल पत्रकार महासघं दाङ शाखाको समन्वयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वुधवार दाङका पत्रकारहरुको स्वाब सङकलन गरेको हो ।

 

फिल्डमा खटिएर कार्य गर्दै आएका पत्रकारहरु पनि जोखिममा रहेकाले कोरोनाको सङक्रमण भए नभएको थाहा पाउनका लागि स्वाब परिक्षण गरिएको नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।

सो अवसरमा २५ जना पत्रकारहरुको स्वाब लिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस