संक्रमितको संख्या बढ्दै गएपछि बुटवलमा कोरोना अस्पतालमा २ सय बेड थपिने

बैशाख ३१, २०७७

बुटवल-कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गएपछि बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा २ सय बेड थपिने भएको छ ।

बुटवल धागो कारखानाको भवनमा लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहेको उक्त अस्पतालमा २ सय सैया थप्ने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराइले जानकारी दिए ।

सो अस्पतालमा अहिले ३६ सामान्य सैया र ८ सैयाको आइसियू रहेको छ। कोरोना संक्रमित बिरामीको संख्या बढ्नसक्ने भन्दै अस्पतालका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २ सय सैया थप गर्ने निर्णय गरेको अध्यक्ष भट्टराइले बताए ।

प्रदेश ५ मा पछिल्लो समय संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश ५ मा मंगलबार बेलुकासम्ममा संक्रमितको संख्या ७० पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस