दाङ्गमा बिरोधपछि बर्दियाकी संक्रमित बालिकालाई नेपालगञ्ज लगिने

बैशाख ३०, २०७७

तुलसीपुर । बर्दियाकी संक्रमित बालिकालाई दाङ्गको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा ल्याउने कुरामा स्थानीयको विरोध भएपछि उनलाई नेपालगञ्जमा लैजान तयारी भएको बुझिएको छ । कोरोना संक्रमित बालिकालाई दाङ्ग ल्याउने या नल्याउने भन्ने बारेमा कोरोना विशेष अस्पतालमा उच्च स्तरिय वैठक वसेको थियो ।

“बैठकमा सकभर नेपालगञ्ज मै राख्ने खालको कुरा भएको थियो” वैठकमा सहभागी एकजनाले जानकारी दिए ।

दाङ्गमा अहिलेसम्म कोरोना संक्रमित कोही पनि नदेखिएको भन्दै जिल्लाबासीले कोरोना संक्रमितलाई यहाँ ल्याउन नहुने आवाज उठाएका थिए । प्रदेश सरकारले बुटवल, बेलझुण्डी र नेपालगञ्जमा कोरोना विशेष अस्पताल स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस