अत्यावश्यक बाहेक पसल खोलेको भन्दै तुलसीपुरका २१ ब्यापारीलाई प्रहरी पक्राउ गर्यो

बैशाख ३०, २०७७

तुलसीपुर, ३० बैशाख ।  लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले २१ जना व्यापारीलाई तुलसीपुर बजारबाट पक्राउ गरेको छ । उनीहरूलाइ लकडाउनकाे समयमा अत्यावश्यक बाहेक पसल खाेलेकाे भन्दै पक्राउ पर्नेमा सबैभन्दा बढी कस्मेटीक पसलका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिए ।

प्रहरी निरिक्षक पालका अनुसार जुत्ता पसलका दिपक नेपाली , कस्मेटीक पसलका धना घर्ती, फेन्सी पसलका दुर्गाप्रसाद कँडेल, कपडा पसलका मोति इद्रेसी, फेन्सी पसलका गोविन्द न्यौपाने, कपडा पसलका खटिजन खातुन, कस्मेटीक पसल शिवभक्त भट्टराई, इलेक्ट्रोनिक्स पसलका गोविन्द बस्याल, कपडा पसलका अशाेक कुमार नेपाली, सौगात कस्मेटीक पसलका सुशिला कडेल रहेका छन् ।

त्यसैगरी हार्डवेयर पसलका पशुपति शर्मा,  दुर्गा वली,  खानेपानी फिटिङ पसलका तिलक चापागाँई, हार्डवेयर पसलका ओमप्रकाश चौधरी, छापाखानाका पोषण वली, फर्निचर पसलका डिल्लीबहादुर वली, वर्कसपका मधुप्रसाद शर्मा, डिसी इलेक्ट्रोनिक्सका चुडामणी डाँगी, कस्मेटीक पसलका दिपक केसी, फर्निचरका निरज श्रेष्ठ र कस्मेटीक पसलका अमृता भण्डारी पक्राउ परेका छन् ।

लकडाउनको समयमा पसल खोलेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका सबैलाई ईलाका प्रहरी कार्याल तुलसीपुर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस