कोभिड–१९ संक्रमणबाट विश्वभर २ लाख ८७ हजार वढीको मृत्यु

बैशाख ३०, २०७७

तुलसीपुर , वैशाख ३० : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ज्यान गुमाउनेको क्रम अझै रोकिएको छैन ।

विश्वका २१५ देशमा फैलिएको कोरोनाको संक्रमणका कारण २ लाख ८७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । मंगलबार बिहानसम्म कोरोना संक्रमणबाट २ लाख ८७ हजार २५० जनाको ज्यान गुमाएका छन् । सबैभन्दा धेरै अमेरिकामा ८१ हजार ७९५ जनाको ज्यान गएको छ ।

बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९, स्पेनमा २६ हजार ७४४ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । ब्राजिलमा ११ हजार ५१९ तथा जर्मनीमा ७ हजार ६६१ जनाको ज्यान गएको छ ।

विश्वभर ४२ लाख ५२ हजार ८०२ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस