तुलसीपुरका सबै वडाबाट अनुदानमा मकैको विउँ वितरण

बैशाख २, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका सबै वडाबाट सोमबारदेखि मकैको विउँ वितरण सुरु गरिएको छ । व्यवसायिक कृषिको विकासका लागि उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई मकैको विउँ वितरण गरेको हो ।

विभिन्न सञ्चार माध्यमबाट सूचना प्रशारण र प्रकाशन गरेर किसानहरुबाट निवेदन आव्ह्वान गरिएको अर्थ समितिका संयोजक माधव वलीले जानकारी दिए । उनले उन्नत जातको विउँका साथै अनुदान पनि दिने भएपछि किसानहरुको धेरै माग आएको उनले वताए ।

सय किसानले निवेदन दिएकोमा सोमबार ८३ किसानले अनुदानको मकैको विउँ लगेको कृषि विकास शाखाका कृषि प्राविधिक कुलराज चौधरीले जानकारी दिए । उनले १० क्विन्टल २० किलो मकै वितरण गरिएको पनि जानकारी दिए ।

जेठ पहिलो साताबाट धानको विउँ वितरणलाई अगाडि वढाइने पनि चौधरीले वताए । धानको विउँका लागि करिव ३ सय किसानहरुले निवेदन दिएको पनि उनको भनाई थियो ।

५० प्रतिशत अनुदानमा विउँ पाएपछि किसानहरु निक्कै खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस