वित्तिय संस्थालाई सामाजिक दुरी कायम गरेर मात्रै सञ्चालन गर्न दिइने

तुलसीपुरमा विपद् व्यवस्थापन समितिको बैठक

बैशाख २, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका भित्र सञ्चालन भएका बैक तथा वित्तिय संस्थाहरुलाई अनिवार्य रुपमा सामाजिक दुरी कायम गरेर मात्रै कारोवार गर्न निर्देशन दिइएको छ । “वित्तिय संस्थामा भिड धेरै भएपछि यस्तो निर्णय गरिएको हो ” कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले जानकारी दिए । वित्तिय संस्थाहरुमा अव्यवस्थित ढँगले कारोवार हुने गरेको पाएपछि यस्तो निर्णय गरिएको पनि लामिछानेले वताए ।

तुलसीपुर वित्तिय व्यवस्थापन समितिको बैठकमा वोल्ने अधिकांशले कोरोना संक्रमणबाट जोगिने सुरक्षा अपनाएर अत्यावश्यक कुरा सञ्जालन गर्न आग्रह गरेका थिए ।

यसैगरी यो भन्दा अगाडि निर्णय गरिएको हरेक दिन २ घण्टा मात्रै पसल सञ्चालन गर्ने निर्णयलाई सच्याएर ३ घण्टा नै सञ्चालन गरिने भएको छ । दुइ घण्टा मात्रै पसल सञ्चालन गर्दा धेरै भिडभाड भएको भन्दै यस्तो निर्णय गरिएको वडा नम्वर ५ का वडाध्यक्ष विरेन्द्र शाहले जानकारी दिए ।

खाली ठाउँहरुमा मानिसको वाक्लो भिड हुन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि स्वयम्सेवक परिचालन समेत गरिने भएको छ । वैठकले टोलको सिफारिस अनि वडा र उपमहानगरपालिकाको समन्वयमा यस्तो विभिन्न युवाहरुलाइ परिचालन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय सरकारले विकास निर्माणको कामलाई गतिदिने निर्णयलाई सम्मान गर्दै वुधवार विहान ६ देखि १० र शनिवार विहान ६ देखि साँझ ६ वजेसम्म हार्डवेयर पसल खोल्न दिइने समेत भएको छ ।

कार्यवाहक नगरप्रमुख नवराज लामिछानेको अध्यक्षतामा भएको वैठकमा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस