कपिलवस्तुका १० जनामा कोरोना भाइरसको पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

बैशाख २, २०७७

नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्ती अनुसार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु सबै कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ र बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० निवासी हुन् ।

उनीहरूको उमेर १८ देखि ३४ वर्ष रहेको मन्त्रालयले जनाएको छ । एक जनाकाे उमेर खुलेकाे छैन । संक्रमित सबै पुरुष हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना चिकित्सकको सम्पर्कमा रहेको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस