तुलसीपुरमा विकास प्राधिकरणले लियो गति , एकैपटक पाँचवटा वडामा काम सुरु

बैशाख २८, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामाजिक दुरी कायम गर्दै विकासको कामलाई गति दिएको छ । प्रत्येक वडामा ३ किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम पुनः सुरु गरिएको हो । विकास प्राधिकरणको कामलाई सामाजिक दुरी कायम गर्दै अगाडि वढाइएको प्राधिकरणका सदस्य सचिव इन्जिनियर पवन योगीले जानकारी दिए ।

जिल्ला संकट व्यवस्थापन समितिले सामाजिक दुरी कायम गर्दै विकासका काम अगाडि वढाउने निर्णय गरेपछि तुलसीपुरमा काम अगाडि वढाईको हो । कालोपत्रेका लागि अहिले उपमहानगरपालिकाका ५ वटा वडामा वेस वनाउने काम भइरहेको प्राधिकरणका सदस्य विजय विकले जानकारी दिए ।

“वेस निर्माण भएसँगै कालोपत्रेको काम अगाडि वढ्नेछ ” विकले भने । उनले वडा नम्वर १, २, ३, १२ र १६ मा एकै पटक वेसको काम भइरहेको पनि वताए ।

उपमहानगरपालिकाले विकासका लागि ल्याएका विभिन्न साधनहरुले यस्तो काम गरिरहेका छन् । प्रत्येक वडामा ३ किलोमिटर कालोपत्रे गर्ने योजनाका साथमा प्राधिकरणले काम अगाडि वढाएको भएपनि कोरोना भाइरसको संक्रमणका कारण भएको लकडाउने गर्दा अवरुद्ध भएको थियो ।

“संक्रमण नफैलने गरी काम अगाडि वढाएका छौ ” विकले भने । उनले ग्राभेल गर्न बाँकी रहेका वडाहरुमा ग्राभेलको काम अगाडि वढेको पनि वताए ।

“समयमै योजना सम्पन्न गर्नका लागि हामीले कामलाई तिव्रता दिएका छौ” कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस