अमेरिकाबाट दाङ आएका व्यक्तिको स्वाब परीक्षण हुँदै

बैशाख २७, २०७७

दाङ, वैशाख २७ । काेराेनाकाे आश‌ङ्कामा दाङमा एक जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकाे छ । गत चैतको पहिलो साता अमेरिकाबाट दाङ आएका घोराही १० नारायणपुरका ५५ वर्षीय पुरुषलाई प्रतिष्ठानमा भर्ना गरिएकाे हाे ।

चैत ५ गतेको फ्लाइटमा अमेरिकाबाट दुबई हुँदै दाङ आएका व्यक्तिमा काेराेनाकाे सङ्क्रमणकाे आशङ्कामा प्रतिष्ठानमा भर्ना गरिएकाे हाे । ती व्यक्तिलाई एक सातादेखि ज्वरो आइरहेकाे थियो ।

घोराहीको गोर्खा अस्पतालमा उपचारका लागि गएका ती व्यक्तिमा कोरोना भाइरस संक्रमणको आशंका गरिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो ।

ती व्यक्तिको स्वाव परिक्षणका लागि प्रतिष्ठानमा राखिएको र भोलि विहानसम्म नजिता आउने घोराही उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो ।

ती व्यक्तिले अन्तिममा आफू अमेरिकाबाट आएको बताएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस