मिल्यो विवाद, आइतवारबाट खुल्ने भयो तुलसीपुरमा पसल

बैशाख २७, २०७७

शरद रेग्मी
तुलसीपुर ,बैशाख २७ ।
प्रहरी र व्यवसायीहरुका विचमा विवाद उत्पन्न हुँदा वन्द भएको तुलसीपुरको वजार आइतवारबाट खुल्ने भएको छ । प्रहरीहरुले लकडाउनको पालना गराउने सवालमा जथाभावि व्यवसायी माथि कारवाही गरेपछि समस्या उत्पन्न हुँदा उद्योग वाणिज्य संघले शनिवार सम्पूर्ण पसल वन्दका लागि आव्ह्वान गरेको थियो ।

लकडाउन पालना गर्ने सवालमा प्रहरीले अनावश्यक रुपमा दुख दिने गरेको आरोप व्यापारीहरुले लगाएका थिए ।
जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी, उपमहानगरपालिका र अन्य सरोकारवालासँगको छलफल पछि यस्तो निर्णय गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले जानकारी दिएका थिए ।

लकडाउनको समयमा अत्यावश्यक पसलका साथै सामान वोक्ने गाडीहरुलाई समेत चल्न दिने निर्णय गरिएको छ । “वजारमा रहेको अस्तव्यस्त पनि हटाउने र आवश्यक कुरालाई सूचारु पनि हुन दिने गरी निर्णय भएको छ ” तुलसीपुर उपमहानगरपालिकाका कार्यावाहक नगरप्रमुख नवराज लामिछानेले वताए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख नवराज लामिछाने,जिल्ला प्रहरी प्रमुख गणेश चन्द , संघका अध्यक्ष बिरबहादुर रावत र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि हरिहरनाथ योगी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस