तुलसीपुर खानेपानी संस्थाले एक महिनाको पानी महशुलमा छुट दिने

बैशाख २७, २०७७

 

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उपभोक्तालाई पानीको महशुलमा छुट दिने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) को प्रकोपका कारण सृजना भएको असहज परिस्थितिले गर्दा लकडाउनको समयमा उपभोक्तामा पर्न भएको आर्थिक भारलाई मध्यनजर गदै एक महिनाको न्युनतम पानी महशुल मिनाह गर्ने संस्थाले जनाएको छ ।

 

संस्थाका अध्यक्ष खेमराज वली र सचिव मनोज लामिछानेले एक सुचना जारी गदै यस्तो जानकारी दिईएको हो । साथै संस्थाले लकडाउनको अवधीभर उपभोक्ताहरुलाई जरिवाना नतिराउने बताएको छ । लकडाउनको पुर्ण पालना गरौ,घर भित्र बसौ आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ संस्थाले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस