जुम्ल्याहा बच्चाको उद्दार गरे डाक्टर किशोर खत्रीले

बैशाख २७, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले क्वारेन्टाइनमा राखेकी महिलाले जन्माएका जुम्ल्याहा वच्चाहरुको अवस्था जटिल भएपछि एनआइसियुमा राखेर उनीहरुको उपचार भइरहेको छ । उनीहरुको थप उपचारका लागि तुलसी अस्पतालका सञ्चालक बालरोग विशेषज्ञ डा. किशोर खत्रीले थप उपचार गर्ने भएका छन् ।

जुम्ल्याहा वच्चाहरुको तौल कम रहेकाले उनीहरुलाई तुलसी अस्पतालको एनआइसियुमा राखेर उपचार गर्नु परेको डा. खत्रीले वताए ।
“स्वस्थ जन्मिए पनि उनीहरुको तौल कम छ त्यसकारण एनआइसियुमा राखेर उपचार गरिरहेका छौ” उनले भने ।

वच्चाको जन्म तौल २५ सय ग्राम भन्दा कम भयो भने चुनौतिपूर्ण हुने पनि उनले वताए । जुम्ल्याहा वच्चाहरुको तौल क्रमशः १ किलो २५ ग्राम र १ किलो २ सय ५० ग्राम रहेको छ ।

“उनीहरुको उपचार राम्रोसँग भएको छ , अस्पतालले कुनै पनि कसुर बाँकी राखेको छैन” स्वास्थ्य निरिक्षक विमल केसीले वताए । उनले सुत्केरी महिलाको पनि अस्पतालमा अन्य उपचार भइरहेको वताए ।

सुत्केरी महिलाको आफन्त कोही नभएको र श्रीमानले पनि वास्ता नगरेपछि तुलसीपुर उपमहानगरपालिकाको पहलमा अस्पताल पुर्याइएको थियो ।

केही समय अगाडि भारतबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिको थियो । “ उनले कोरोना रिपोर्ट नेगेटिभ आएको छ ” जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस