प्रतिष्ठानका माग वोकेर डेलिगेसन टोली काठमाडौमा

बैशाख २६, २०७७

 

घोराही, बैशाख २६ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बृहत्तर विकासका लागि काठमाडौं पुगेको एक प्रतिनिधि मण्डलले भेटघाटलाई तिब्र पारेको छ । नेपाल निर्माण व्यवसायी महासघ प्रदेश ५ का अध्यक्ष बलिभद्र राना र नेकपाका नेता कुमार दसौदिको अगुवाइमा प्रतिष्ठानको समग्र विकासका लागि शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर भेटघाट गरेको भेटघाटमा सहभागी अधिवक्ता निकेशकुमाल लम्सालले वताए ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेको डेलिगेसन टाेलिले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई समेत भेटेर प्रतिष्ठानको बिकास र कोरोनाको महामारी रोकथामका लागि सरकारले दिने बजेट कुनै कञ्जुस्याइ नगरि प्रदान गरिदिन आग्रह गरेको थियो । प्रतिष्ठानले कोभिड १९ विरुद्ध गरिरहेको तयारी र प्रतिष्ठानको समग्र हितका लागि बजेट दिइ सहयोग गर्न राज्यमन्त्रीलाई आग्रह गरेको डेलिगेसनको नेतृत्व गरेर काठमाडौं गएका बलिभद्र रानाले वताए ।

रानाले स्वास्थ्य मन्त्री र राज्यमन्त्री दुबै प्रतिष्ठानलाई बजेट दिन सकारात्मक रहेको र आगामी बजेटमा प्रतिष्ठानलाई उच्च महत्व दिने प्रतिबद्धता व्यक्त गरेकाे वताए ।  स्वास्थ्य मन्त्री , राज्यमन्त्रीसहित मन्त्रालयका सचिव, सहसचिव सबैसग मन्त्रालयमा बसेर बजेट रोकेर दङ्गालीलाई स्वास्थ्य सेवाबाट बञ्चीत गराउने काम नगरि दिनुहुन आग्रह गरेको रानाले वताए ।

प्रतिष्ठानमा किट अभाव रहेको भन्दै किट पर्याप्त ब्यबस्था गरिदिन स्वास्थ्य मन्त्री र राज्यमन्त्रीलाई आग्रह गरेको र त्यो तत्कालै ब्यबस्थापन गरिदिने प्रतिबद्धता जनाएको समेत वताए ।

डेलिगेसन टाेलिले चिकित्सक प्रतिष्ठानमा थपिदिन र स्वास्थ्य मन्त्रालयमा काजमा राखीएको मानसिक रोग विशेषज्ञ कोरोनाको महामारीको बेला चाहिने बेला नहुदा यहाँका जनताले दुख पाएको भन्दै तत्काल ब्यबस्था गरिदिन माग गरिएको नेकपाका  नेता कुमार दसौदिले वताए । डेलिगेसन टाेलिमा नेपाल उद्माेग वाणिज्य महासंघका केन्द्रिय सदस्य धुर्बराज श्रेष्ठ भारी, दाङ जिल्ला उबासघका अध्यक्ष नारायण भुसाल, बिष्णु गुप्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस