नेपालगञ्जमा ३४ जनाको पिसिआर रिपाेर्ट नेगेटिभ

बैशाख २५, २०७७

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको ३४ वटा स्वाबको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालका अनुसार ३४ वटा स्वाबको रिपोर्ट नेगेटिभ आएको छ भने ३४ वटा परीक्षणको क्रमममा छन्।

बुधबार नेपालगञ्ज आसपासबाट स्वाब लिइएका १ सय ३६ मध्येमा ३४ वटाको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए। अरु १ सय २ वटा रिपोर्ट आउन बाँकी रहेको छ।

बाँकेमा बिहीबार थप ४८ जनाको स्वाव संकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस