राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना हुने

बैशाख २५, २०७७

 

घोराही, बैशाख २५ । अमेरिका नेपाल मेडिकल फाउण्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गरेको छ । प्लान्ट स्थापना भएसँगै प्रतिष्ठानले आफै अक्सिजन उत्पादन गर्नेछ ।


प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारी र डिन डा. बसन्त लामिछानेको बिशेष पहलमा अक्सिजन प्लान्टका लागि सहकार्य हुने भएको अस्पताल स्रोतले वताएको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, अमेरिका नेपाल फाउण्डेसनका पदाधिकारी, सदस्य र स्वास्थ्य मन्त्रालयकाे रोहबरमा मन्त्रालयमा प्रतिष्ठानकी उपकुलपती डा. भण्डारीलाई ६८ लाख २५ हजार २ सय रुपैयाको सहयोग रकम चेक हस्तान्तरण गरिएको हो ।

प्रतिष्ठानलाई सहयोग गरेकोमा स्वास्थ्य मन्त्री, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र स्वास्थ्य मन्त्रालय परिवारलाई उपकुलपती भण्डारीले धन्यवाद दिएकी छन् ।

यो सहकार्यसगै प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना भएमा प्रतिष्ठानले आफै नै अक्सिजन उत्पादन गर्ने प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए ।
प्रतिष्ठानमा अहिले अक्सिजन प्लान्ट नहुदा बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस