नगर प्रमुख पाण्डेद्धारा बुद्ध जयन्तीको शुभकामना

बैशाख २५, २०७७

 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले २५६४ औ वुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शान्तिका अग्रदुत गौतम वुद्धका उपदेशहरुले समृद्ध समाज निर्माणमा अहम् भुमिका खेलेको उल्लेख गर्दै उनले सबैले उनका उपदेशको पालनामा ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् ।

मुलुक शान्ती र समृद्धिको यात्रामा अगाडि वढिरहेको वताउँदै वुद्धले भनेजस्तै संसारमा दुख भएपनि त्यसको समाधानको कारण पनि भएको हुँदा अहिलेको विषम परिस्थितिबाट मुलुकले तत्काल निकास पाउनेमा आशावादी रहेको शुभकामना सन्देशमा उल्लेख छ ।“ हामी वुद्ध जन्मेको देशका मान्छे हामीले कठिन परिस्थितिमा पनि आफुलाई समायोजन गर्न सक्छौ” सन्देशमा उल्लेख छ ।

“वुद्धको शिक्षावाट प्रेरणा लिदै यस प्रदेशको गरिवी, पछौटेपन र अविकासको अवस्था सदाका लागि अन्त्य गर्न विकास र समृद्धिको बाटोमा अघि वढ्नु जरुरी छ”

बुद्ध जयन्तीमा विविधता बीचए कताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने नगरप्रमुख पाण्डेको शुभकामना सन्देशमाउल्लेख गरिएको छ ।

साथै उनले नेपालका आदिवासी किराँत समुदायको पवित्रएवं महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, सुनुवार लगायत सम्पूर्ण किराँतमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस