लोपोन्मुख जंगली जनावर हुडारको उद्दार

बैशाख २४, २०७७

हेमराज शर्मा
दाङ, २४ बैशाख । डिभिजन वन कार्यालय दाङले संरक्षण सूचीमा सुचिकृत लोपोन्मुख जंगली जवावर हुडारको जीवितै उद्दार गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनामा टाउकोमा चोटपटक लागि घाईते अवस्थामा जंगली जनावर देखिएको भन्ने स्थानीयहरुले दिएको सूचनाका आधारमा डिभिजन वन कार्यालय घोराही र तुलसीपुर सव डिभिजन वन कार्यालय दोघरेबाट गएको संयुक्त गस्ती टोली घटना हुडारको उद्दार गरेको हो ।

टाउकोमा छर्रा गोली लागि घाईते अवस्थामा पल्टीरहेको भाले हुँडारको बुधबार उद्दार गरिएको डिभिजन बन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिएका छन । घटनास्थलमा छटपटाई रहेको घाईते हुँडारलाई औषधी उपचार एवं आवश्यक व्यवस्थापनका लागि आपत्कालीन उद्धार गरी डिभिजन वन कार्यालयमा ल्याईएको छ ।

घटनाको विषयमा विस्तृत छानविन एवं अनुसन्धान कार्य भईरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवं सुचना अधिकारी खिम बहादुर केसीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस