नेपालगन्जको संक्रमित क्षेत्रमा कोरोना परीक्षणका लागि जनताको भिड

बैशाख २४, २०७७  |  ४७८ पटक पढिएको

नेपालगन्ज उप–महानगरपालिका ८ मा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारबाट उपमहानगरमा निषेधाज्ञा जारी छ। निषेधाज्ञाको कडा कार्यान्वयन गरिएको छ। कोही घरबाट निस्किन पाएका छैनन्।

स्थानीय प्रशासनले कोरोना संक्रमण पुष्टि भएकाहरूको कन्ट्याक्ट ट्रेसिङको कामलाई तीव्र बनाएको छ। वडा अध्यक्षसहित चिकित्सक र प्रहरीहरू कन्ट्याक ट्रेसिङमा खटिएका छन्।

मंगलबार कोरोना संक्रमितहरूको सम्पर्कमा आएका ५६ जनाको ट्रेसिङ गरेर नाम संकलन गरिएको उपमहानगरकी उपप्रमुख उमा थापा मगरले बताइन्। अहिले महानगरको अवस्था सामान्य रहेको बताउँदै उनले उच्च सतर्कताका साथ काम भइरहेको जानकारी दिइन्।

उनले मंगलबार मात्रै १ सय ४५ जनाको स्वाव संकलन भएको जानकारी आफूले पाएको बताइन्। वडा  नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ताका अनुसार अहिले उनीसहितको टोली अटो रिक्सामा कन्ट्याक्ट ट्रेसिङमा खटिएको छ।

उनले आफूसहित सात/आठ जना कन्ट्याक्ट ट्रेसिङमा खटिएको जानकारी दिए। ‘अहिले हामी ८ नम्बर वडामा कोरोना संक्रमित परिवारका सदस्य र अन्य टोल बासीको नाम टिपिरहेका छौं’, उनले भने, ‘हामीले टोलमा प्रत्यक घरमा एक, दुई जनाको नाम संकलन गरिरहेका छौं। तर, कोरोना संक्रमितको सम्पर्कमा प्रत्यक्ष पुगेका व्यक्तिका परिवारका भने पुरै सदस्यको नाम संकलन गरेका छौैं।’

यसको चिन्ता उपमहानगरलाई पनि छ। उपप्रमुख थापाका अनुसार केन्द्र सरकारले कोरोना संक्रमितको संख्या २३ पुगेपछि २ सय ५० किट मात्र उपलब्ध गराएको र त्यो पनि सकिने अवस्थामा पुगेको बताउँदै उनले विस्तारै परिक्षणमा समस्या हुने बताइन्। विज्ञहरुका अनुसार उक्त वडामा १ हजार ५ सय मानिसको परीक्षण तत्कालै परीक्षण गर्नुैपर्छ।

बाहिर ८ नम्बर वडामा स्वाव संकलन गर्न नमानिरहेको भन्ने खबर बाहिरिएका बेला वडा अध्यक्ष गुप्ता भने यो फैलाइएको गलत भ्रम भएको बताउँछन्। उनले वडावासी सबैले सहज रुपमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा साथ दिइरहेको बताए।

‘यहाँ पहिला मेरो नाम दर्ता गर्नुपर्‌यो भनेर मान्छे लाइन लागेका छन्। सबैलाई स्वास्थ्यको चिन्ता छ’, उनले भने, ‘यस्तो बेला समाजमा भ्रम फैलाएर गलत सन्देश प्रवाह गर्नु हुँदैन। यस्ता कुराले समाजमा विचलन ल्याउँछ।’

वडाध्यक्ष गुम्ताका अनुसार मंगलबार ४५ जनाको नाम संकलन गरिएकोमा बुधबार साढे बाह्र बजेसम्म करिव एक सय जनाको कन्ट्याक्ट ट्रेसिङ गरिसकिएको छ। उनले आज थप एक सय जनाको नमुना संकलन गरिने बताए।

उनले आफूहरूले त्यसरी ट्रेसिङ् गरेर लिस्ट उपलब्ध गराएपछि चिकित्सकको टोलीले स्वाव संकलन गर्ने गरेको जानकारी दिए।

तर, त्यसरी कन्ट्याक्ट ट्रेसिङ गर्दा धेरै जनाको स्वाव परिक्षण गर्नुपर्ने भए पनि परीक्षणका लागि आवश्यक किटको भने अभाव छ। देशभर परीक्षण सामग्रीको अभाव भइरहेको समयमा त्यसको मारमा पछिल्लो पटक कोरोनाको हट स्पट बन्दै गएको नेपालगन्ज बढी प्रभावित हुने देखिएको छ।

यसको चिन्ता उपमहानगरलाई पनि छ। उपप्रमुख थापाका अनुसार केन्द्र सरकारले कोरोना संक्रमितको संख्या २३ पुगेपछि २ सय ५० किट मात्र उपलब्ध गराएको र त्यो पनि सकिने अवस्थामा पुगेको बताउँदै उनले विस्तारै परिक्षणमा समस्या हुने बताइन्। विज्ञहरुका अनुसार उक्त वडामा १ हजार ५ सय मानिसको परीक्षण तत्कालै परीक्षण गर्नुैपर्छ।

थापा यसतर्फ चाँडोभन्दा चाँडो केन्द्र र प्रदेश सरकार सजक हुने पर्ने बताउँछिन्। जति चाडो ट्रेसिङ र परीक्षण गरियो त्यति नै कम जोखिम हुने भएकाले यसतर्फ सबै सरोकारवाला निकाय चनाखो हुनुपर्ने उनको भनाई छ। उपमहानगरपालिकाले गर्नुपर्ने सबै सहयोग आफूहरूले गरिरहेको उनले बताइन्।

उनले एक जनाको ट्रेसिङ गर्दा ९० जना फेला परेका र ९० जनाको परिक्षण गर्दा २२ जना नयाँ संक्रमित थपिएको अवस्थामा परिक्षणको दायरा बढाउनतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस