तुलसीपुरमा लकडाउन पालना नगर्ने २१ जना नियन्त्रणमा

बैशाख २४, २०७७

तुलसीपुर ।  ईलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउनको उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट २१ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपालगंजमा कोरोनाको संक्रमण देखिएपछि कडाई गरेको प्रहरीले पहिलो पटक यति ठूलो संख्यामा नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।

सामाजिक दुरी कायम नराखेको, बजारमा विना कामै  हिडेका कारण नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जनकारी दिए ।

लकडाउन प्रहरीका लागि भन्दा पनि स्वयम् नागरिकको सुरक्षाका लागि पनि भएकाले यसको पूर्ण पालना गर्नु सबैका हितमा भएको प्रवक्ता डम्बरपालले बताए । प्रहरीले आईतबारदेखि अत्यावश्यक काम भन्दा अन्य काममा हिड्न प्रतिवन्ध लगाएको छ ।

पक्राउ परेका अधिकांस नागरिकहरु तुलसीपुर क्षेत्रका छन भने एक जना बर्दियाका रहेको प्रहीले बताएको छ । प्रहरीले केही सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस