लेखक बुद्धिसागरका सोच बदल्ने कुरा

बैशाख २४, २०७७

 

हिँड्दा खुट्टा थाकेजस्तो लाग्यो भने — दुर्घटनामा खुट्टा काटिएकालाई सम्झिनुस् ।

 

हेर्दा आनन्द लाग्ने केही देख्नुभएन भने— जन्मजातै नेत्रबिहीन भएकालाई सम्झनुस् ।

 

आफ्नो भारी आँफै बोक्न लाज लाग्छ भने— बुढेसकालमा प्रचन्ड गर्मीमा कुन्टलौ गहुँग्रो भारी बोक्नेहरुलाई सम्झिनुस् ।


हप्प गर्मी बढेजस्तो लाग्यो भने — दिनभरी सडक किनारमा नाङ्लोमा चुरोट बेच्ने बुढी आमैलाई सम्झिनुस् ।

 

परिवारले अनेक थरी कुरा गरेर दिक्क लाएजस्तो लाग्यो भने— वृद्धाश्रममा एक्लो भएर काल कुरिरहेका बृद्ध र बृद्धालाई सम्झिनुस् ।


बाआमाको कुराले चोट पुगेजस्तो लाग्यो भने— सडक किनारमा घुँडा खुम्चाएर सुतेका सडक बालबालिकालाई सम्झिनुस् ।


शहरमा घडेरी किन्न सकिनँ भनेर तनाव छ भने— बाँच्ने संघर्षमा आफ्नो किड्नी बेच्नेहरुलाई सम्झिनुस् ।


प्रेम बियोग परेको छ भने— झरीमा आफू रुझेर साडीको सप्कोले तपाईको शिर छोपिदिने आमालाई सम्झिनुस् ।

 

प्रतिक्रिया दिनुहोस