निको भइसकेका काठमाडौँका एकसहित तीनमा फेरि देखियो कोरोना भाइरसको संक्रमण

बैशाख २४, २०७७

काठमाडौँ- निको भएर घर फर्किसकेका काठमाडौँमा एक जनासहित तीनजनामा फेरि कोरोना भाइरसको संक्रमण पुष्टि देखिएको छ।

सनसिटी अपार्टमेन्टमा यसअघि संक्रमण देखिएर मुक्त भइसकेका पुरुषमा, वीरगञ्जका एक जनामा र रौतहटका एकजनामा मंगलबार फेरि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले यसले पुष्टि गरेको छ।

चैत ५ मा बेलायतबाट फर्केका ती पुरुष र उनकी आमामा यसअघि संक्रमण देखिएर उनीहरु १० दिनमा संक्रमणमुक्त भई फर्केका थिए। ती पुरुषमा फेरि मंगलबार पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, मस्जिदमा बस्दै आएका एक जमाती र भारतबाट फर्केका रौतहटका एक युवकमा पनि संक्रमण दोहोरिएको हो। उनीहरु दुवैजना स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस