कोरोना विपद् कोषमा रेग्मीले गरिन् १ लाख ११ हजार सहयोग

बैशाख २३, २०७७

चेतन रेग्मी

दाङ,२३ बैशाख । लकडाउनको समयमा खाद्यान्न अभाव भएका विपन्न नागरिकलाई सहयोग गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् राहत कोषमा सहयोग जुट्ने क्रम वढिरहेको छ ।


मंगलवार कोषमा तुलसीपुर वडा नम्वर ६ वस्ने रमादेवी रेग्मीले १ लाख ११ हजार १ सय ११ सहयोग गरेकी छिन् । उनले कार्यवाहक नगरप्रमुख नवराज लामिछानेलाई कार्यालयमै पुगेर सो रकम हस्तान्तरण गरेकी हुन् ।

कोभिड १९ का कारण दैनिक ज्यालादारी गरेर खाने वर्गलाई समस्या नहोस भनेर आफुले सहयोग गरेको रेग्मीले वताइन् । कोरोना संक्रमणको महामारीबाट बच्न सबैले सतर्कता अपनाउनु पर्ने उल्लेख गर्दै कार्यवाहक नगर प्रमुख लामिछानेले संकटको समयमा रेग्मीले गरेको सहयोगले धेरै परिवार लाभान्वित हुने भन्दै धन्यवाद समेत दिए ।

सबैको सहयोग र सहकार्यबाटै नागरिकहरुलाई रोग तथा भोकबाट सुरक्षित गराउन सकिने पनि उनको भनाई छ । नगरपालिकाले जथाभावी राहत वितरणमा रोक लगाउदै एकद्दार प्रणालीबाट राहत बितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस