मन्त्री बरालद्धारा प्रतिष्ठानको पिसिआर मेसिनको निरिक्षण

बैशाख २३, २०७७

दाङ,२३ बैशाख । प्रदेश नं. ५ का सामाजिक बिकास मन्त्री सुर्दशन वरालले मंगलबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीको निरिक्षण गरेका छन । प्रतिष्ठानमा कोरोना परिक्षणका लागि सञ्चालीत पिसिआर मेसिन, अस्पतालको १० बेडको आइसियु, ओपिडि लगायत सम्पुर्ण सेवा प्रबाहको बारेमा अवलोकन गरेका हुन ।

मन्त्री बराल र निर्देशक गिरिलाई स्वागत गर्दै लकडाउन अबधिभर प्रतिष्ठानले प्रदान गरिरहेको सेवाको बारेमा अस्पताल निर्देशक डा सागर पन्थी, डिन डा.बसन्त लामीछाने र कायम मुकायम रजिस्ट्रार कैलाशप्रसाद देवले मन्त्री बराललाई प्रतिष्ठानले दिदै आएको स्वास्थ्य सेवाका बारेमा जानकारी गराएका थिए ।

प्रतिष्ठानका पदाधिकारीले लकडाउनमा अस्पतालमा बिरामीको चाप बढेको अत्याधिक बढेको भन्दै सिमित स्रोत साधन र थोरै जनशक्तिको बाबजुद पनि प्रभाबकारी सेवा दिएको भन्दै अस्पतालको बृहत्तर हितका लागि राज्यले सहयोग गर्नु पर्ने बताएका थिए । त्यस अवसरमा मन्त्री बरालले कोभीड १९ का विरुद्ध अस्पतालले आफ्नो तर्फबाट गरेको प्रयासका बारेमा जानकारी लिदै खुशी व्यक्त गरेका थिए ।

पिसिआर मेसिन अवलोकन गरेका मन्त्री बरालले मेसिन राख्नेदेखि र त्यसको जाँच प्रकृया सबै सुरक्षित नै रहेको र राम्रो ब्यवस्थापन रहेको बताएका थिए ।

पिसिआर मेसिन अवलोकन गर्नेक्रममा मन्त्री बरालको ल्याबमा रहेका स्वास्थ्यकर्मीहरुले स्वाब लिन जादा आवश्यक पर्ने भिटियमको अत्यन्तै अभाब रहेको भन्दै त्यसको ब्यवस्थापन गरिदिन ध्यानाकर्षण गराएका थिए ।

किट र भिटियमको ब्यवस्थापन राम्रो किसिमले भएमा मेसिनको क्षमता अनुसारको कोरोना परिक्षण गर्न सकिने मन्त्री बराललाई जानकारी गराइएको थियो । मन्त्री बरालले प्रदेश ५ का स्वास्थ्य निर्देशक बिनोद गिरीलाईसँगै लिएर अस्पताल निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस