चट्याङ पर्दा घरमा आगलागी

बैशाख २३, २०७७

दाङ, वैशाख २३ । दाङको घोराहीमा चट्याङ पर्दा एक घरमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ११ पलासपुर निवासी ३८ बर्षीय द्रोर्ण घर्तीको घर चट्याङ परेपछि आगलागी भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले घर्तीको दुइतल्ले खरले छाएको घरमा मंगलवार विहान साढे ११ बजेतिर चट्याङ पर्दा आगलागी भएको जानकारी दिए । आगलागीवाट घरमा भएको अन्तपात, लत्ताकपडा सबै जलेर नष्ट भएका छन् ।

घरमा लागेको आगो स्थानीय र प्रहरी प्रशासनको सक्रियातामा साढे १२ बजेतिर नियन्त्रणमा लिइएको डिएसपी खड्काले बताए

प्रतिक्रिया दिनुहोस