टिकटकमा भिडियो बनाउने सशस्त्रका सिपाहीको जागिर चट्

काठमाडौं–हतियारसहित टिकटकमा अश्लील बोलेर भिडियो पोस्ट गर्ने सशस्त्र प्रहरी जवानको नियुक्ति बदर भएको छ।
सशस्त्र प्रहरी बल (एपीएफ) को बर्दी लगाएर मान्छे मार्छु भन्दै टिकटिकमा भिडियो बनाउने सशस्त्रका सिपाही बलबहादुर परियारको नियुक्ति बदर गरिएको हो।
नामको ठाउँमा युजर लेखेर बनाइएको उक्त भिडियोमा उनले एसएलआर लिएर ‘मान्छे मार्छु’ भनेका थिए। उक्त कुरा प्रहरीलाई भनिदिए पनि केही नहुने र आफू राजा बताउँदै अपशब्द बोलेको भिडियो टिकटिकमा थियाे।
प्रतिक्रिया दिनुहोस