लमहीबाटै फिर्ता भयाे भारतीय गाडी

बैशाख २३, २०७७

लमही बैशाख २३ । नेपालगञ्ज र रुपन्देहीमा कोरोना संक्रमितहरु देखिएसङ्गै देउखुरी उद्योग बाणिज्य संघले लमहीले दाङलाई संक्रमणबाट बचाउन थप निगरानी गर्न थालेको छ ।

मंगलबार बाँके भन्सारबाट दाङको लमहीसम्म आइपुगेको भारतीय नम्बर ल्पेटको गाडीलाई  वडा प्रहरी कार्यलय लमही र शसस्त्र प्रहरीबल अर्जुन खोलाको सहयोगमा बाँके नै फिर्ता पठाइएको छ।

बाँके जिल्लामा भन्सार छ , नेपानमा आएर नेपाली ट्रकमा पोल्टी गर्न सकिन्छ , अत्यावश्यक सामान भन्दैमा इन्डियन ड्राइभर र ट्रकहरुलार्इ प्रबेश गर्न दिएर हामी जोखिम लिन सक्दैनौ अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भने ।

त्यस्तै केही दिन अघिमात्र दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई भेट्न अध्यक्ष श्रेष्ठ आईतबार कार्यालयमै पुगेका थिए । प्रजिअ रिजाललाई भेट्न पुगेका अध्यक्ष श्रेष्ठले दाङ्ग देउखुरीको पूर्वी सिमाना धानखोला र पश्चिमको शिबखोला नाकामा कडाई गर्न प्रस्ताब समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस