नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ८२ पुग्यो

बैशाख २३, २०७७

बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा भएको परीक्षणअनुसार ७ जनामा संक्रमित पुष्टि भएको थियो। जसमा नेपालगन्ज-८ का २२, ३० र ४० वर्षीय पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षको महिला रहेका छन्।

संक्रमित सातै जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यसअघि नेपालगन्जमा एकैदिन १५ जना कोरोना संक्रमित भेटिएका थिए। कोरोना संक्रमण फैलिन नदिन नेपालगन्जमा २५ गतेसम्मलाई कर्फ्यु लगाइएको छ।  यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

नेपालमा संक्रमित १६ जना उपचारपछि घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस