दाङ्गका संकट व्यवस्थापन समितिको वैठक, अन्तर जिल्ला नाकामा कडाइ गरिने

बैशाख २२, २०७७

तुलसीपुर । नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढेसँग दाङ्ग जिल्लामा पनि लकडाउन र चेकजाँचमा कडाइ गरिने भएको छ । विशेष गरेर वाहिर जिल्लाबाट आउने सवारी साधनलाई विशेष कडाइ गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा भएको वैठकमा दाङ्ग प्रवेश गर्ने सबै नाकाहरुमा चौविसै घण्टा कडाइ गरिने भएको हो ।

“धानखोला र शिवखोला नाकाबाट प्रवेश गर्ने सबै सवारी साधनलाई कडाइ गरिने भएको छ” प्रजिअ रिजालले वताए । उनले अत्यावश्यक सवारी साधनले यात्रु ओसार्ने काम गरेकाले सुरक्षा जाँच गरेर मात्रै आउन र जान दिने निर्णय भएको जानकारी दिए ।

कुनै पनि सवारी साधनले इजाजत नलिएर मान्छे ओसारपसार गरेको पाइएमा तत्काल कारवाही गर्ने निर्णय समेत बैठकले गरेको छ ।
यसैविच विभिन्न उद्योग धन्दामा काम गर्ने कामदारहरुलाई उद्योगवाट वाहिर आउन नदिनका लागि सम्वन्धित उद्योग सञ्चालकले नै व्यवस्था मिलाउनु पर्ने कुरा समेत वैठकले पारित गरेको छ ।

“कामदारहरुलाई घरभित्रै खाद्यान्न लगायतका अन्य सुविधा उद्योग धनीले नै पुर्याउनुपर्ने देखिन्छ ” वैठकमा सहभागी तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले वताए ।

विभिन्न धार्मिक संघसंस्था भित्र रहेका नागरिकको तत्काल पिसिआर लगायतका स्वास्थ्य परिक्षण समेत गरिने भएको छ ।
वैठकले अत्यावस्यक तरकारी , खाद्यान्न, एम्वुलेन्स,ग्याँस औषधि पानी वोकेका साधनलाई रातको समयमा रोक लगाउने समेत निर्णय गरेको छ ।

वैठकमा सबै स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस