नेपालगञ्जबाट दाङ आएका युवा सहित उनको परिवार र साथीको स्वास्थ्य जाँच गरिदै

बैशाख २२, २०७७

नेपालगञ्जमा बसेर केही दिन पहिले घोराही आएका एक युवासहित ६ जनालाई कोरोना संक्रमण चेकजाचका लागि राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा लगिएको छ ।

घोराही १४ का एक युवा लामो समय नेपालगञ्ज बसेर केही दिन पहिलेमात्र घर फर्किएको सुचना पाएपछि प्रहरीले उनीसहित ६ जनाको परिक्षण हुने भएको हो । २४ वर्षीय ती युवा, उनको परिवारका ४ जना र उनको एक जना साथी गरि ६ जनाको स्वास्थ्य जाँच गरिने भएको हो ।

नेपालगञ्जमा दुई दिनमा १६ जनामा कोरोना पुष्टि भएपछि नेपालगञ्जबाट आएका ती व्यक्तीमा पनि कोरोना भाईरस हुन सक्ने आशंका गरिएको हो ।
ती युवालाई अस्पताल पु¥याउनका लागी प्रहरी पुग्दा सम्पर्कमा नभएपनि उनको परिवारका सदस्यहरुलाई अस्पताल पुर्याएपछि आफै सम्पर्कमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस