लक्ष्मीपुरकाे क्वारेन्टाइनमा रहेका ११ जनाको रिपोर्ट नेगेटिभ

बैशाख २२, २०७७

भरत केसी
बैशाख २२ लक्ष्मीपुर दाङ ।

तुलसीपुर उपमहानगरपालिका १६ को क्वारेन्टाइनमा रहेका ११ जनाको आरडीटी रिपोर्ट नेगेटिभ देखिएको छ । तुलसीपुर उपमहानगर स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपाने नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले कोरोना जाँचको छिटो प्रविधिको प्रयोग गरि परिक्षण गरेको थियो ।

 

बन्दाबन्दी पछि जिल्ला बाहिरबाट आएर सामुदायिक क्वारेन्टाइनमा बसेका ३१ जना वडाबासी मध्ये ११ जनाको आज १४ दिन पुगेपछि सो परिक्षण गरिएको हो ।

लक्ष्मी आधारभूत विद्यालय लक्ष्मीपुरमा रहेको क्वारेन्टाइनमा चौध दिन पुग्न बाकी रहेका भने १४औँ दिन पुगेपछी परिक्षण गरिने वडा अध्यक्ष भुप बहादुर केसीले वताए। रिपोर्ट नेगेटिभ आएका ११ जनालाई आईतवार नै घर पठाईएको छ । उनीहरुलाई घरमा गएर अपनाउनुपर्ने सतर्कताका बारेमा स्वास्थ्यकर्मीले परामर्श गरेका थिए ।

त्यस अवसरमा जनप्रतिनिधि ,स्वास्थ्यकर्मी, प्रहरी, राजनैतिक दलका प्रतिनिधिको उपस्थित रहेको थियो ।क्वारेन्टाइनमा १४ दिन विताएर घर जान तयार भएकाले क्वारेन्टाइन बसाईमा वडा सरकारले गरेको व्यवस्थापनबाट आफुहरु खुसी भएको भन्दै धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस